अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:३३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाउनुभएको हो । कांग्रेसद्धारा गठित छायाँ सरकारको मन्त्रालयस्तरीय समन्वय समितिमा एक जना संयोजक र दुई सदस्य रहनेछन् । उनीहरुले मन्त्रालयको कामकारबाहीको निरगानी गर्ने बताईएको छ ।

दलका सभापति शेरबहादुर देउवा नेतृत्वको छाया सरकारमा दिलेन्द्रप्रसाद बडू गृह मन्त्रालयस्तरीय समितिको संयोजक हुनुहुन्छ यसको अर्थ बडूले छायाँ गृहमन्त्रीको रुपमा काम गर्नुहुनेछ । यसैगरी, नेता मिनेन्द्र रिजाललाई अर्थ, नारायण खड्कालाई परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्कीलाई उर्जा मन्त्रालयस्तरीय समितिको संयोजक तोकिएको छ । उमाकान्त चौधरी शहरी विकास, किशोर सिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, बाणिज्य तथा आपूर्ति र गगन थापालाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालस्तरीय समितिको संयोजकको जिम्मेवारी दिईएको छ ।

छाया सरकारको खानेपानी समितिमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा रहनुभएको छ । यस्तै भूमिसुधार मन्त्रालयमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छायाँ मन्त्रीको रुपमा तोकिएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार सरकारले संविधान, विधि र प्रकृया मिचेकोले सरकारका कामहरुको सुक्ष्म निगरानी र दबाव सृजना गर्न छायाँ सरकार गठन गरिएको  हो ।

संसदीय व्यवस्था भएका मुलुकहरुमा छायाँ सरकार बनाउने प्रचलन रहँदै आएको छ । सोही प्रचलन अनुसार नेपालमा यस अघि बि. सं २०४८ मा तत्कालीन नेकपा एमालेले छायाँ सरकार बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू