अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

बैतडीमा जिप दुर्घटना, ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:४१ मा प्रकाशित

बैतडीमा आइतबार भएको जीप दुर्घटनामा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणी भट्ट रहेका छन् । उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन । घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका– १० का ४५ वर्षीय प्रकाश भट्ट, कञ्चनपुरको भीमदत्तनगरका २६ वर्षीय राहुल भट्ट र जिपचालक दशरथचन्द नगरपालिका १० का नवीन भट्ट रहेका छन् । उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाडौं हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो । घरबाट देवताल मन्दिर दर्शनका लागि हिँडेका उनीहरू बीच बाटोमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ । जिप सडकबाट १५० मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू