अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

प्रधानमन्त्री मोदीको केदारनाथ यात्रा सम्पन्न, तृणमूल कांग्रेसको आपत्ति

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:४० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द« मोदीको उत्तराखण्ड यात्रा सम्पन्न भएको छ । केदारनाथ यात्रा संगै आईतबार विहान बद«ीनाथको दर्शन गरैसंगै मोदीको यात्रा सकिएको हो । मोदीको यात्रालाई लिएर तृणमूल कांगे्रसले भने आपत्ति जनाएको छ । मोदीको उक्त यात्रा सबै भारतीय टेलिभिजनहरुले प्रसारण गरिरहेका बेला तृणमूल कांग्रेसले भने आपत्ति जनाएको हो । उसले मोदीको उक्त भ्रमण खुलेआम आचार संहिता उल्लंघन भएको आरोप लगाएको हो ।

उसले मोदीको भ्रमणलाई लएर भारतीय निर्वाचन आयोगमाथि समेत शंका गर्ने ठाउँ रहेको आरोप लगाएको छ । लोकसभा चुनावको अन्तिम चरणको प्रचार सकिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केदारनाथको यात्रामा रहनुभएको छ ।

पार्टीका नेता डेरेक ओ ब्रायनले आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री मोदीको यात्राको प्रसारणमा तत्काल रोक लगाउन माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू