अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

नेकपा सचिवालय बैठक स्थगित

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:३५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित्कालका लागि स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको बैठक एकाएक स्थगित भएको हो ।

आज विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो । बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यबिभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू