अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

मोरङ्गमा मिडिया काउन्सिल बिधेयकविरुद्ध सड्कमै रोए पत्रकार

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:२५ मा प्रकाशित

संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरु सड्कमै रोएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु सड्कमा धरधरी रोएका थिए ।

समाचार लेखेको भरमा नयाँ विधेयकले १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने अवधारणा अघि सारेसँगै पत्रकारहरु आन्दोलित हुदै आएका छन् । विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताउनुभयो ।

प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वयनमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने बताउनुभयो । कार्यक्रममा प्रेस युनियन प्रदेश एकका संयोजक लिलाबल्लभ घिमिरेले विधेयकका कारण पत्रकारहरु त्रसित भएको उल्लेख गर्नुभयो । सांकेतिक विरोधका क्रममा पत्रकारहरु करिब ४५ मिनेटसम्म रोएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू