अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

भाइरसको उपचारका लागि ’मिडिया काउन्सिल विधेयक’ – शंकर मुख्यमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ जेठ १ गते ६:१८ मा प्रकाशित

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यममा भएका भाइरसको उपचारका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताउनुभएको छ । दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिमको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मिडियामा भाइरस पसेकोले उपचारका लागि ’मिडिया काउन्सिल विधेयक’ ल्याइएको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई सरकार र सञ्चार माध्यमबीचको समन्वयका आधारमा टुंगोमा पुयाएनुपर्ने पनि बताउनुभयो । मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको भएको र मिडियामा भाइरस पस्यो भने त्यसको उपचार पनि सरकारले गर्ने भएकोले त्यसैका लागि मिडिया काउन्सिल विधेयक ल्याइएको उहाँको भनाई थियो ।

मिडियामा छिर्ने भाइरसको रक्षाको लागि भाइरसको उपचार गर्न खोजेको उहाँले तर्क गर्नुभयो । राज्य मिडियासँग टक्कर गरेर अघि बढ्नै नसक्ने र स्वतन्त्र मिडियाबिना लोकतन्त्र बलियो पनि नहुने पूर्व सञ्चारमन्त्रीसमेत रहेका मुख्यमन्त्री पोखरेलको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू