अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

महोत्तरी कला साहित्य सङ्गीत प्रतिष्ठान नेपाल गठन

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ८:३३ मा प्रकाशित

काठमाडौँ : महोत्तरी कला साहित्य सङ्गीत प्रतिष्ठान नेपाल गठन भएको छ । आज राजधानीमा आयोजित एक विशेष समारोहमा पत्रकार सम्मेलन गरी साईमोन थापाको अधक्ष्यतामा उक्त समिति गठन भएको हो । प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य टेक बहादुर बलम्पाकी रहेको उक्त भेलामा विशेष अतिथिहरूमा गायक पूर्ण परियार, गायिका राधिका हमाल, सञ्चारकर्मी सूर्य चन्द, सञ्चारकर्मी भरत बमजन, गायक रोज मोक्तान, कलाकार विमला केसी, मोडल नयन डिसी, गायक रमेश श्रेष्ठ, गायक मानस राज, गायक कर्णराज गिरि, गायक चिरञ्जीवी भण्डारी, डान्सर बिनु शाक्य, गायक सञ्जीव बस्नेत , समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य अरुण आले लगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

उक्त भेलाले साइमोन थापाको अधक्ष्यतामा ९ सदस्य यी कार्यसमिति गठन गरेको छ । जसमा उपाधक्ष्यमा अस्मिन श्रेष्ठ, महासचिवमा धावा लामा, सचिव लक्ष्मण बस्नेत कोषाधक्ष्य आभास श्रेष्ठ त्यस्तै सदस्यहरूमा सालिनी मगर, ललन मण्डल, रन्जिता कुमारी श्रेष्ठ र स्रिस्टि भट्टराई रहेका छन् ।

महोत्तरी कला साहित्य सङ्गीत प्रतिष्ठान नेपालले महोत्तरी जिल्ला भित्र रहेका सम्पूर्ण कलाकारहरूलाई समेट्दै राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान स्थापित गर्ने, कलाकारहरूको हकहितमा लड्ने, जिल्लामा भएका सम्पूर्ण कलाकारहरूलाई एकजुट गराउने र विभिन्न कार्यक्रमहरू आयोजना गर्दै सम्पूर्ण कलाकार, कलाप्रेमीहरूलाई राष्ट्रिय हकहितमा अघि बढ्न अभिप्रेरित गर्ने उदेश्यले यस समिति गठन गरिएको उक्त संस्थाका नव निर्वाचित महासचिव धावा लामाले बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू