अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

ईट्टाघरेको २ कौडीको बुद्धि छैन

बिआरटीनेपाल २०७६ वैशाख १४ गते ८:०८ मा प्रकाशित

लामो समय देखी साहित्यमा लागेका साहित्यकार ईट्टाघरे २०६४ सालमा “वियोग” गजल सङ्ग्रह प्रकाशित पश्चात् हराए थिए तर लामो समय पछि देखा पर्दैछन।ईट्टाघरेको शब्द,नेपाल आइडल सिजन २ का विजेता रवि ओड र सुमधुर स्वरकी धनी मेलीना राईको आवाजमा रहेको “२ कौडीको बुद्धि छैन” बोलको गीतको म्युजिक भिडियो आज मेलीना राईको युटुव चेनलबाट सर्बजनीक गरेर आफू साहित्यमा नै छु है भन्दै छन् ।

सङ्गीत भीम बिसी/ललित पौडेलको रहेको छ भने भिडियो निकेश खड्काले निर्देशन गरेका छन् । उदयराज पौड्यालको दमदार सङ्गीत संयोजन छ भनी किशोर थापाको मिक्सिङ रहेको छ । चर्चित नायिका वर्षा राउतलाई उदयमान मोडल, टिभी कार्यक्रम प्रस्तोता रञ्जित पौड्याले साथ दिएका छन्।

“ईट्टाघरे प्रोडक्शन”को लगानीमा बनेको यो पहिलो म्युजिक भिडियो हो।युटुव च्यानलमा राखेको १० घण्ट न बित्दै ८० हजार भन्दा बढी दर्शकेरूले हेरी सकेका छन्।दर्शकहरूको माया देखेर निकै नै उत्साहित भएको कुरा हामीलाई बताए । अरू केही नयाँ कोसेली छ दर्शक श्रोताहरूलाई भनेर सोध्दा ईट्टाघरेको “श्रेया” एलबम विमोचनको तयारीमा रहेको बताए ।


प्रतिक्रिया