अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

धर्म निरपेक्षता लेखेको ब्यानर जलाउन राप्रपाको कार्यक्रममा प्रहरीको हस्तक्षेप

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ९:५४ मा प्रकाशित

धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, महासचिव गुणराज राजभण्डारी, केन्द्रीय सदस्य त्रिविक्रम सिंह र जयवीर राउतलगायतलाई पक्राउ गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा रहेको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत आज धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू