अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

सिर्जना उत्सवमा सन्तोषका कुरा

बिआरटीनेपाल २०७५ चैत २७ गते ९:४० मा प्रकाशित

बोस्टनको साहित्यिक कार्यक्रम सिर्जना उत्सवमा यस पटक विस्कन्सन, म्याडिसनका सर्जक सन्तोष लामिछानेले आफ्नो सिर्जना कर्मका अनुभूति सुनाएका छन् | हालै मात्र “अल्टिमेट आकाश” उपन्यास प्रकाशित गरेका सन्तोषले उपन्यासले समेटेको विषय बस्तु, पात्र र कालखण्डका बारेमा बताएका थिए | नेपालको काभ्रे पलान्चोकबाट अध्ययनका क्रममा अमेरिका आएका सन्तोषले “चामल खानेहरू र चौलानी पिउनेहरू” कविता सङ्ग्रह प्रकाशित गरेका छन् भने ‘बिजुली मेसिन’ चलचित्र सह-निर्माण गरेका छन् |

कार्यक्रममा बोस्टनका कथाकार महेश्वर पन्तले आफ्नो नयाँ कथा कृति “नबोल्नेहरू” को बारेमा सहकर्मीहरू माझ अनुभव साटेका थिए भने हरि थापाले गज़ल सुनाएका थिए | नियमित शृङ्खलाको चालीसौ भागमा यस पटक नेपाली गज़ल लेखन र यसको भविष्यका बारेमा छलफल गरिएको थियो | कार्यक्रममा गोवर्धन पूजाले गज़ल लेखनबारे जानकारी गराएका थिए भने दीपा राई पुन, अनु शाह, सुशील नेपाल, डी बि गुरुङ लगायतले कविता र गीत लेखनका बारेका अनुभव र जिज्ञासा साटेका थिए | निकट भविष्यमा नै बोस्टन र यसका वरिपरिका सर्जकलाई समेटेर गज़ल लेखन कार्यशालाको आयोजना गर्ने कार्यक्रममा निर्णय पनि गरिएको थियो | 

प्रतिक्रिया