अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

शान्ति मिसनमा १० हजारसम्म शान्ति सेना परिचालन गर्न नेपाल तयार – रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ चैत १६ गते १०:२० मा प्रकाशित

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्र संघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको माग गर्नुभएको छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई पहिलो वक्ताको रुपमा सम्वोधन गर्दै उनले उक्त कुरा बताउनुभएको हो ।
विगत ६१ वर्षदेखि राष्ट्रसंघीय शान्ति मिसनमा सघाइरहेको देशको हैसियतले यो कार्यक्रममा नेपालले यस कार्यक्रमलाई उच्च महत्व दिएको बताउँदै पोखरेलले कार्यक्रमले भविष्यमा हुने शान्ति मिसनमार्फत हुने रुपान्तरणमा ठूलो महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्ने नेपाल तयार रहेको पनि बताउनुभयो । विभिन्न ११ देशका १२ ओटा मिसनमा रहेर काम गरिरहेको नेपाल पाँचौ स्थानमा देश हो । अहिलेसम्म कर्तव्य पालनाको सिलसिलामा ७३ जनाले नेपाली शान्ति सेनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्न नेपाल तयार रहेको उहाको भनाई थियो ।

राष्ट्रसंघका महासचिवले अघि सारेका शान्ति कार्य, लैङ्गिक रणनीतिलगायतका सुधारमा नेपालको समर्थन रहेको बताउँदै रक्षामन्त्री पोखरेलले शान्ति मिसनहरुको कार्यक्षमतामा नयाँ ढंगले सुधार आव्हान गर्नुभयो । सम्बोधनमा उहाँले नेपालले सन् २०१९ र २०२० का पिस किपिङ क्यापाविलिटी रेडिनेस सिस्टमका लागि एउटा इन्फेन्टी बटालियन र फोर्स प्रोटेक्सन कम्पनीमा बढुवाकालागि आफ्नो घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू