अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

सदनभन्दा शक्तिशाली सरकार हुन सक्दैन – गच्छदार

बिआरटीनेपाल २०७५ चैत १० गते ११:२३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संसद्को तेस्रो अधिवेशनले संख्यात्मक रूपमा धेरै कानुन निर्माण गरे पनि त्यसलाई सरकारको उपलब्धिका रूपमा व्याख्या गर्न नमिल्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान अनुरूप अहिले जुनसुकै सरकार भए पनि त्यो सरकारको जिम्मेवारीभित्र ती कानुन निर्माण हुनै पर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

विधेयक ल्याउनु सरकारको दायित्व भएको उहाँको भनाइ थियो । संविधानको प्रतिकुल हुने विधेयक, ऐन संशोधन गर्नु बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै गच्छदारले यो सरकारकै कारण यति धेरै विधेयक पारित भएको भन्ने होइन, सरकारले चमत्कारिक काम गरेको भनेर मान्न नसकिने उहाँको भनाई थियो ।

गच्छदारले प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुरा खण्डन गर्न जरुरी नभएको उल्लेख गर्दै सबै कुरा समर्थन गर्न जरुरी पनि नरहेको प्रस्ट पार्नुभयो । संसद्मा धेरै प्रश्न उठे पनि सरकारले अहिलेसम्म जवाफ नदिएको उहाँको भनाई थियो । सदनभन्दा शक्तिशाली सरकार हुन नसक्ने पनि गच्छदारले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू