अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा ‘दीप प्रज्वलन’

बिआरटीनेपाल २०७५ चैत ७ गते १०:०९ मा प्रकाशित

लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले स्व. कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज साँझ राजधानीको माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको शान्ति प्रक्रियामा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले लोकतन्त्रका सम्बन्धमा गिरिजाबाबुले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभयो । नेपाली काँग्रेसलाई उच्च स्थानमा पु¥याउन गिरीजाबाबुको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । नेता सिटौलाले कोइराला सहमति, सहकार्य र एकतामा जोड दिने बताउँदै वर्तमान सरकारले पनि सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले निरकुंश राजतन्त्र र माओवादीलाई मिलाउन गिरीजाबाबुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मुलुकमा अहिले गिरीजाबाबुजस्ता राजनेताको अभाव खड्कीएको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू