अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

एकतापछि नेकपा नेपालकै शक्तिशाली पार्टी बन्ने नेता खनालको दावी

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:५४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा शाक्तिशाली पार्टी बनेर उदायको बताउनु भएको छ । उहाँले एकतापछि यो पार्टी अझै सुदृढ र शक्तिशाली भएर आउने स्पष्ट पार्नुभयो । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले पार्टी एकताको विकल्प समेत नरहेको दोहो¥याउनु भयो ।

कार्यक्रममा नेता खनालले जनताको बलिदान खेर नगएको बताउदै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताउनुभयो । खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गो लाग्ने बताउनुभयो । पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताउनुभयो ।

महासङ्घले सशस्त्र द्वन्द्वताका २०५५ साल चैत ५ गते अनैकोटस्थित एक घरमा बसिरहेका बेला सुरक्षाकर्मीको गोलीबाट जनकलाकार च्याङ्वा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरको मृत्यु भएको सम्झनामा अनैकोटमा शहीद दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू