अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

१० वर्षे जनयुद्धका अपराधिलाई कारबाहीको माग गर्दै डा.गोविन्द केसी युएनमा

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:१३ मा प्रकाशित

दश वर्षे हिंसात्मक जनयुद्धमा भएका युद्धअपराध घटना र मानवता जघन्य अपराधमा संलग्नहरुलाई कारबाहीको माग गर्दै डाक्टर गोविन्द केसीको नेतृत्वमा गएको टोलीले राष्ट्रसँग र मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार डा.केसी नेतृत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, ई.प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सेनाले संयुक्त रुपमा मानवअधिकार आयोग र राष्ट्र संघ भवन, पुल्चोकमा गइ ज्ञापन पत्र बुझाउनुभएको हो ।

पत्रमा विक्रम् संवत् २०५२ सालदेखि २०६३ साल सम्म चलेको नेपालको १० वर्षे हिंसात्मक द्वन्द्वको अवधिमा युद्ध अपराध, मानवता विरुद्धका अपराध लगायत अन्य जधन्य वा गम्भीर अपराधका घट्ना भएको कुरा राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय, सञ्चार जगत् लगायत मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिवेदनहरुले ठहर गरेको उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ ,“तत्कालिन नेकपा माओवादी र राज्यका निकायसँग सम्बन्धित व्यक्तिको संलग्नतामा १७ हजार भन्दा वढी व्यक्तिको हत्या गरिएको थियो। त्यही समयमा कयौँ व्यक्ति वेपत्ता, अपहरण, यातना, अंगभंग, यौनजन्य हिंसा, विस्थापन लगायतका अपराधको सिकार बनेका थिए ।” यस्तै युद्धकालमा परेका पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोघनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्ष कै रजगज झन्झन घनीभूत हुदै गएको स्थितिले अत्यन्तै चिन्तित बनाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू