अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

सडक सुरक्षा परिषद् गठन गर्ने सरकारको तयारी

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:०१ मा प्रकाशित

सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको बताउनुभयो ।

मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सडकलाई सुरक्षित बनाउन सो सम्बन्धि आवश्यक कानुन बनाउने कामलाई पनि अघि बढाइएको उल्लेख गर्नुभयो । मन्त्री महासेठले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायहरुलाई सचेत समेत गराउनुभएको छ ।

मन्त्री महासेठले सरकारले सडकको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको पनि स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू