अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

विप्लव माओवादीको बिषयमा गम्भिर बन्न सरकारलाइ काँग्रेसको आग्रह

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:३० मा प्रकाशित

नेपाली काँग्रेसले मुलुकमा युद्धको स्वर बढ्न थालेको भन्दै गम्भिर बन्न सरकारलाइ आग्रह गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले सरकार र नेत्र विक्रम चन्द विप्लव दुवै पक्षबाट युद्धको स्वर चर्किन थालेको बताउदै संयमित रुपमा प्रस्तुत हुन सरकारलाइ आग्रह गर्नुभयो ।

सरकारले युद्धको अवस्थालाई न्यूनिकरण गर्दै अगाडि बढ्ने भन्दा पनि यस्ता विषयलाई ख्यालठट्टाको विषय बनाएर अगाडि बढेको अधिकारीको भनाइ थियो । सरकारको दायित्व गम्भीर भएर शान्ति सुरक्षा कायम गर्नुपर्ने भएको बताउँदै उहाँले त्यसबाट प्रधानमन्त्री चुकिरहेको आरोप लगाउनुभयो । नेकपाका नेता नै विप्लवसँग वार्ता गर्नुपर्छ पनि भनिरहेकाले सरकारको नीति के हो भन्ने स्षप्ट नभएको अधिकारीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू