अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

अनेसास, पोर्चुगलको वार्षिक साधारण सभा आगामी मार्च १४ मा

बिआरटीनेपाल २०७५ फागुन २७ गते ११:३५ मा प्रकाशित

लिस्बोन,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को पहिलो वार्षिक साधारण सभा आगामी १४ मार्च २०१९ का दिन गरिने भएको छ ।

अनेसासको आज बसेको बैठकले गरेको निर्णय अनुसार संस्थाको वार्षिक साधारण सभा, अनेसास आजीवन सदस्य प्रमाण पत्र वितरण तथा अनेसास केन्द्रको मुख पत्र अन्तर्रदृष्टि ४३औँ अङ्कको विमोचन सहित अनेसास २२औ शृङ्खला रचना वाचन कार्यक्रम समेत गरिने कुरा अनेसासले जानकारी दिएको छ ।

यही मार्च १४ ,२०१९ लिस्बोन स्थित रहेको Rua Forno do Tijolo 14A सभाहलमा हुने उक्त कार्यक्रममा संस्थाका संरक्षक, सल्लाकार, आजीवन एवं साधारण सदस्य लगायत पोर्चुगलको नेपाली डायस्पोरामा क्रियाशील सम्पूर्ण सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरूमा उपस्थितिका लागि अनेसास पोर्चुगलले अनुरोध गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू