अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

जनताको समर्थनले राजनीतिक परिवर्तन सम्भव– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ फागुन २५ गते ८:२५ मा प्रकाशित

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माण, गणतन्त्र स्थापना, संघीयता लगायतका उपलब्धि जनताको साथ र समर्थनले मात्र सम्भव भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले रौतहटको गरुडामा आयोजना गरेको प्रदेश नं. २ स्तरीय आमसभालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रिया र संविधानसभा मार्फत् संविधान निर्माण लगायतका राजनीतिक परिवर्तनमा जनताको साथ समर्थन महत्वपूर्ण रहेको बताउनुभएको हो ।

विखण्डनको नारा दिनेहरु पनि अव मुलधारमा आउन प्रतिबद्धता व्यक्त गरेको भन्दै प्रचण्डले नेकपाका नेताहरुलाई मधेस विरोधी भनिएको प्रति असन्तुष्टी व्यक्त गर्नुभयो । उहाँले हिमाल, पहाड तराईलाई जोडेर राष्ट्रिय एकता कायम गर्ने सरकार र नेकपाको प्रयास सफल भएको जिकीर समेत गर्नुभयो ।

प्रधानमन्त्रीले देशका उत्पीडित जाति क्षेत्रका अधिकार स्थापित गर्नमा नेकपा नै संवेदनशील रहेको बताउनुभयो । विभिन्न आशंकाकै वीच शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, प्रदेश, संघ र स्थानीय तहको निर्वाचन, दुई ठूला कम्युनिष्ट पार्टीवीचको एकता संभव भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि तराई हिमाल पहाडको समान भूमिका रहेकामा समेत प्रचण्डले जोड दिनुभयो । उहाँले प्रकृतिले दिएका अनुपम उपहारलाई उपयोगका साथै हुलाकी मार्ग, फास्ट ट्याक, विमानस्थल निर्माण लगायतले समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपाल समृद्ध भएपछि विश्वकै आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू