अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

कम्युनिष्ट बिचारक कृष्णदासको निधन

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:५३ मा प्रकाशित

नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक कृष्णदास श्रेष्ठको आज निधन भएको छ । आमरुपमा माड्साबको नामले परिचित श्रेष्ठ ८७ वर्षको हुनुहुन्थ्यो । दम र पिसाबनली बन्द हुने समस्याबाट पीडित श्रेष्ठको शंखमूल, नयाँवानेश्वरस्थिति आफ्नै निवासमा दिउँसो १ः४० मा निधन भएको हो ।

श्रेष्ठको पार्थिव शरीरमा मोहन वैद्य किरण, रामबहादुर थापा बादल, झलनाथ खनाल, देव गुरुङ, सोनाम साथी, पम्फा भुसाल लगायतका नेताहरुले उहाँको निवासमा गई श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो । यसपछि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि उहाँ आबद्ध नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को पार्टी कार्यालय बुद्धनगरमा लगिएको थियो ।सांगठनिक रुपमा पछिल्लो समयमा उहाँको आबद्धता मोहन वैद्य पक्षधर नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को सल्लाहकारको रुपमा रहेको थियो ।

श्रेष्ठ प्रगतिशील लेखनको क्षेत्रमा नेपालकै सबैभन्दा अग्रणी लेखकहरुमध्येका एक हुनुहुन्थ्यो । उहाँका ३ दर्जनभन्दा बढी प्रगतिशील वैचारिक पुस्तकहरु प्रकाशित छन् । तीन छोरी र एक छोराका पिता श्रेष्ठको आजै आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को तर्फबाट पार्टीका महासचिव मोहन वैद्य किरणले एक श्रद्धान्जली वक्तव्य जारी गर्दै ’श्रेष्ठको निधनले नेपालको जनवादी तथा कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको’ जनाउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू