अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

अनेसास जर्जिया च्याप्टर अध्यक्ष किरण मानिकेको पञ्चेबाजा गीत “आटम् भो माया” सार्वजनिक

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:३८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जीया च्याप्टरका अध्यक्ष किरण मानिकेको पञ्चेबाजा गीत “आटम् भो माया” सार्वजनिक भएको छ । प्रणय दिवसको पुर्वसन्ध्यामा नेप्लिज एसोसिएशन अफ जर्जीयाले आयोजना गरेको रेड टाई गाला नाईटमा आयोजित ‘प्रीमियर शो’ मा गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली लोक गीत संगीतको खानी मानिने स्याङ्जामा जन्मिनुभएका साहित्यकार तथा कलाकार गायक किरण मानिकेको यो पहिलो सांगीतिक प्रस्तुति हो । बिगत लामो समय देखी अमेरिकाको एटलाण्टा शहरमा रहेर विभिन्न ठाँउहरुमा सांगीतिक एवं साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै आउनुभएको थियो । गीतमा किरण मानिके र लोक दोहोरी गायिका मिना अधिकारीको स्वर रहेको छ । गीतमा शब्द गायक स्वयम किरण मानिकेको रहेको छ भने संगीत र एरेन्ज राजेन्द्र सुबेदीले गर्नुभएको छ ।

नेपालको मारुनी र अमेरिकाको एस् एम स्टुडियो मा रेकर्ड गरिउको म्युजिक भिडियोमा शंकर बिसी र ऋचा थापाको अभिनय रहेको छ । कोरियोग्राफर एवं नृत्य निर्देशक एकिन्द्र सारा शंकरको निर्देशनमा बनेको भिंडियोमा राजेश घिमिरेले छायाकंन रहेको छ भने विष्णु घिमिरेकले भिडियोको सम्पादन गर्नुभएको छ ।

गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक मानिकेले उत्कृष्ट टिमवर्कको सहायताले उत्कृष्ट मौलिक पञ्चेबाजा गीत बजारमा ल्याउन सम्भव भएको बताउनुभयो । दर्शक श्रोताबाट उत्कृष्ट माया, हौसला र प्रतिक्रिया पाउने कुरामा आफु ढुक्क रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया