अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

गण्डकी प्रदेश सरकारको बार्षिकोत्सव, संघियता बाहेक अब कुनै विकल्प छैन

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:२५ मा प्रकाशित

मुलुकमा संघियता बाहेक अब कुनै विकल्प नभएको गण्डकी प्रदेश सरकारको प्रथम बार्षिकोत्सव समारोहमा बोल्ने वक्ताहरुले बताएका छन् । केन्द्रिकृत शासन प्रणालीबाट जनतालाई घर घरमा सिंहदरवारको सुविधा दिने गरी देश संघियताको कार्यान्वयनमा गएसंगै केही संघियताका विरोधका स्वरहरु आए पनि अब मुलुकमा संघियताको कुनै विकल्प नभएको वक्ताहरुले बताएका हुन् ।
आयोजित विशेष कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले अब विकासको लागि सबै एक हुनु पर्नेमा जोड दिदै संघिय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा कसैले कसैलाई दोष दिएर उम्किन नमिल्ने बताउनुभयो । एक बर्ष अघि शुन्य अबस्थाबाट स्थापना भएको प्रदेश सरकार अब एक्सनमा जानु पर्ने बताउदै प्रदेश प्रमुख कुंवरले संविधान राम्रोसंग अध्ययन गरी कार्यान्वयन गर्न गराउन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश सरकार गठनको एक बर्षमा आफुहरुले उत्साहजनक रुपमा कानुन तथा निती निमार्णसंगै अब विकासको लागि आधार तयार पारेको बताउनुभयो । संघीय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने स्रोतसाधन तथा निती निमयहरु समयमै उपलब्ध गराउन नसक्दा आफुहरुको विकासको गति भने केहि सुस्त हुन गएको उहाँको भनाई थियो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले एक बर्षको कामको समिक्षा गर्दै संविधानको मर्म अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश, प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले अहिलेको सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको, हत्या हिंसा, भ्रष्टाचार, आपराधिक गतिविधि बढेको आरोप लगाउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मिराज पौडेल, जिल्ला समन्वय समिति स्याङजाका प्रमुख शिता सुन्दास, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइराला, तनहुँको म्याग्दे गाँउपालिकाका प्रमुख माया राना लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू