अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

चलचित्र ‘बैनाबट्टा’ को शुभ मुर्हत

बिआरटीनेपाल २०७५ माघ २८ गते २१:२० मा प्रकाशित

नेपाली कथानक चलचित्र बैनाबट्टाको शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गरी सो फिल्मको सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले क्यामेरामा रेकर्ड थिची फिल्मको शुभ मुर्हत भएको घोषणा गर्नु भयो । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई युवा निर्देशक राज चाम्लीङ्गले निर्देशन गर्नु हुनेछ ।फागुनको पहिलो साताबाट छायाङ्कन हुने यो फिल्म सुदुरपूर्वी जिल्लामा बसोबास गर्ने आदिवासी जनजातिहरूको पहिचान झल्काउने विषयवस्तुमा आधारित रहने निर्देशक राज चाम्लीङ्गले जानकारी दिनु भयो । विशेष गरी लाहुरेको कथावस्तुमा चलचित्र बैना बट्टा रहनेछ । 

प्रेम लावतीको निर्माण भएको यस फिल्ममा अघिकांश नयाँ कलाकारहरू नायक देवेन्द्र नेम्वाङ्ग नायिका कविता राई, बाबु मोक्तान, रश्मीला तामाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्यटेल, नरेश वानेम, रिया सुब्बा, रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राईलगातले अभिनय गर्नु भएको छ । ४ वटा गीतमा रहेको यस फिल्ममा सङ्गीतकारहरू बुद्धराज इङवा राज चाम्लिङ र सन्तोष राई हुनुहुन्छ । दीपक लिम्बु, मेलिना राई, सन्तोष राई, दीपा लामा राज लिम्बु, करुवा राई र दिप्सन लिम्बुले चलचित्रमा गाउनु हुनेछ । करिब ४० लाख रुपैयाँमा बन्न लागेको चलचित्र बैनाबट्टाले आदिवासी जनजातीको पहिचान गराउन विशेष भूमिका रहने निर्माण पक्षले जानकारी दिएको छ । 

प्रतिक्रिया