अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

ओली– प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आइसक्यो – नेकपा नेता पौडेल

बिआरटीनेपाल २०७५ माघ २७ गते ६:५५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्नुभएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पार्नुभयो । ।

नेपालस्थित अमेरिकी राजदूत र पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको उल्लेख गर्दै उहाँले राजदूतसँगको भेटमा वक्तव्य कुन ‘स्पिरिट’मा आएको हो भनेर प्रष्ट भैसकेको र उक्त समस्या हल भएको पौडेलले दावी गर्नुभयो ।

नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको खुलासा समेत गर्नुभएको छ । अब भेनेजुयला प्रकरणलाई अनावश्यक रुपमा उचाल्न नहुनेमा उहाँको जोड थियो । पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको समेत उल्लेख गर्दै अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू