अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

पाँचथरको चिवाभञ्याङबाट नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा शुरु

बिआरटीनेपाल २०७५ माघ १५ गते ८:२७ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालले मंगलवारबाट जनसंवाद यात्रा थालेको छ । पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइको नेतृत्वमा पूर्वको पाँचरथर चिवाभञ्याङबाट जनसंवाद यात्रामा शुरु भएको हो । संयोजक भट्टराईसहित नयाँ शक्तिका नेताहरू मध्यपहाडी पुष्पलाल लोकमार्ग हुँदै मंगलबार पश्चिम यात्रामा निस्केका हुन् । जनसंवाद यात्रा संघीयतालाई बलियो बनाउन तथा पार्टी संगठन विस्तारका लागि गरिएको नयाँ शक्तिले जनाएको छ ।

यो अभियान फागुन १५ गते पश्चिम बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने नयाँ शक्तिका नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो । अभियानका क्रममा गाउँदेखि सहरसम्म कोण सभा, जनसभा गर्ने, स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग भेटेर संघीयता कार्यान्वयन र स्थानीय समस्याबारे छलफल गर्ने नयाँ शक्तिको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू