अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

सरकारविरुद्ध पोखरामा तरुण दलको प्रदर्शन

बिआरटीनेपाल २०७५ माघ ११ गते ८:५३ मा प्रकाशित

सरकारका पछिल्ला कामविरुद्ध असन्तुष्टि जनाउँदै तरुण दल गण्डकी प्रदेशले शुक्रबार पोखरामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले जनताको ढाड सेक्ने गरी महँगी बढेको, बलात्कारी र भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको, डा. गोविन्द केसीको अनशनको बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै चर्को नाराबाजीसमेत गरेका थिए ।

चिप्लेढुंगाबाट सुरु भएको विरोधर्याली बजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट सरकार नागरिकका हक–अधिकारप्रति जिम्मेवार नभएको आरोप लगाउनुभयो । तरुण दलको प्रदर्शनका कारण पोखराको ट्राफिक व्यवस्था केहीबेर अस्तव्यस्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू