अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

अनशन फिर्ता लिन डा. केसीलाई शिक्षामन्त्री पोखरेलको आग्रह

बिआरटीनेपाल २०७५ माघ ११ गते ८:४७ मा प्रकाशित

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षामा सुधारलगायतका माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन फिर्ता गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित भएपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले डा. केसीको भूमिकाका कारण चिकित्सा शिक्षामा सुधारका लागि अहम् भूमिका रहेको भन्दै अब अनशन तोड्न आग्रह गर्नुभएको हो । मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्यप्रति सरकार चिन्तित रहेको र विधेयक निर्माण गर्न केसीले महत्वपूर्ण भूमिका खेल्नुभएको भन्दै केसीलाई बधाई समेत दिनुभयो ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु प्रक्रियागत ढंगले पनि सही दिशामा रहेको र अन्तर्गवस्तुको दृष्टिकोणले पनि सही रहेको दाबी गर्नुभयो । डा. केसीसँग भएका सहमतिका सर्वाधिक माग सम्बोधन गरिएको पनि उहाँले बताउनुभएको छ । मन्त्री पोखरेलले सरकार डा. केसीसँग वार्ता गर्न सरकार हरदम तयार रहेको जानकारी गराउनुभयो । उहाँले केसीले चिकित्सा क्षेत्रका मागका साथमा राजनीतिक माग राखेकाले त्यसका लागि राजनीतिक तहमा वार्ता गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । २०६९ सालदेखि चिकित्सा शिक्षाको बारेमा बहस शुरु भएको र अहिले आएर त्यसले पूर्णता पाएको मन्त्री पोखरेलको भनाई थियो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको बहुमतले पारित गरेको हो। प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसको विरोधकाबीच उक्त विधेयक पारित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू