अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

‘प्रेम लीला’ की नायिका दीपशिखा खड्काको फिल्मका निर्देशक जनक पाण्डे माथि गम्भीर आरोप

बिआरटीनेपाल २०७५ माघ १० गते २२:३१ मा प्रकाशित

फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेम लीला की नायिका दीपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भीर आरोप लगाएकी छिन् । उनले फिल्मको आधा छायाङ्कन सकिन लाग्दा फिल्म छायाङ्कन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । नायिका खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लगानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाङ्कनको समयमा पैसा निकाल्न नसकी आफूसँग लिएको पैसाको समेत हिसाब/किताब देखाउन नसकेर भागेको बताएकी छिन् । स्टाटसमा उनले भनेकी छिन्,’मैले बार(बार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछि रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन’ । निर्देशक पाण्डेले आफूलाई धोका दिएको कारण आफूले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती विष्णु चापागाईँ पाण्डेबाट आफूलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफूले मानसिक तनाव भोग्नु परेको बताएकी छिन् । 

पछिल्लो समय सार्वजनिक फिल्मसँग सम्बन्धित सामाग्रीहरूमा समेत निर्देशकको नाम हटाइएको छ । ’जसले फिल्मको छायाङ्कन नै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनेको कुनै औचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ’, नायिका खड्काले भनिन् । निर्देशक पाण्डेका विरुद्ध आफूले निर्माता सङ्घ र निर्देशक सङ्घमा निवेदन दिएको समेत खड्काले बताइन् । ’आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केही गर्छु भन्ने सोच सहित आएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइदिनुहुनेछ’, नायिका खड्काले भनिन् । अब फिल्मकी नायिका र निर्देशक बिचको मनमुटाबले कुन रूप लिन्छ त्यो भने हेर्न बाँकी छ ।

फिल्ममा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय रहेको छ। प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिएकी हुन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ:
पैसा नहुनेले किन फिल्म बनाएको त रे बुर्कुन्ची लोग्नेले पैसा फसाइदेर फरार छ मरेको बाचेको अत्तो पत्तो छैन । स्वास्नीको त्यस्तो ३कुरो मेरो औकात थाह छ रे साला अब मेरो औकात हेर धेरै चुप बसे म त्यसै छोड्दिन मलाई मानसिक ३यातना भयो ।

मेरो टिमको सबैलाई जानकारी छ जनक पाण्डे आफूले पनि लगानी गर्ने सर्तमा फिल्म गरेको हो सुटिङको क्रममा एक रुपैयाँ पनि निकाल्न नसकेर उल्टै म बाट लिएको पैसाको पनि हिसाब(किताब देखाउन नसकी भागेको हो । मैले बार(बार फोन सम्प र्क गरे,फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन तेसपछी रिसले गाली गरेर म्यासेज गरे,पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन’अन्तिममा मेरो दिदीले १५ लाख दिनु भयो सुटिङ रोक्किएको थाहा पाएर त्यतीले पनि पुगेन र मैले आफूसँग भएको सुन र गाडी बेचेर सुटिङ सक्काए म विवश थिए घरमा पैसा माग्न सकिन तर मैले इज्जत फालिन कसैको पैसा खाइन फिल्मलाई पूर्ण रूप दिए अझै २०/२२ लाखको खर्च छ जति सक्छु त्यती गर्छु तर मेरो औकातको कुरा गर्ने हैसियत तिमीहरू जस्तो भिखारीसँग छैन चेतना भया । विष्णु चापागाईँ पाण्डे ।

प्रतिक्रिया