अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

नयाँ मर्यादाक्रममा अख्तियारको असन्तुष्टि

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:४० मा प्रकाशित

सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ । आयोगको आज बसेको बैठकले संवैधानिक निकायका आयुक्त एवं सदस्यहरूको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरूको लगत्तैपछि राख्ने गरी सच्याउन सरकारसँग आग्रह गरेको छ ।

अख्तियारले आजै एक विज्ञप्ती जारी गरी नयाँ मर्यादाक्रमले संवैधानिक पदाधिकारीहरूको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राखेकाले कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्यमान्यतासमेत प्रभावित भएको भन्दै असन्तुष्टि जनाएको हो ।

अख्तियारले नयाँ मर्यादाक्रमले पदाधिकारीको मनोबलमासमेत असर पर्ने देखिएको भन्दै यस अघिकै व्यवस्था कायम राख्न आग्रह गरेको हो । अख्तियार प्रवक्ता रामेश्वर दङ्गालले जारी गरेको विज्ञप्तीमा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मान्न नेपाल सरकार समक्ष आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू