अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

फोरम र कम्युनिष्ट केन्द्रबीच एकीकरण

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:३९ मा प्रकाशित

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ । सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरममा प्रवेश गरेका थिए ।

कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरमको विकल्प नै नरहेको दाबी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आम जनताको विश्वास र अपेक्षा बढ्दै गएको उहाँको भनाई छ ।

नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको प्रतिक्रिया दिनुभयो । केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै छुट्टिएको थियो । तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा केशव दाहालको नेतृत्वमा सो टिम विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू