अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१५ | Colorodo: 15:30

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ मेडिसिटी अस्पतालमा !

बिआरटीनेपाल २०७५ माघ ५ गते २:४५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले नेता अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गर्नुभएको थियो ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भई रहेको छ । अधिकारीलाई डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्योपचार गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू