अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

डा. गोविन्द केसीका समर्थक सडकमा, सरकारविरुद्ध नाराबाजी

बिआरटीनेपाल २०७५ माघ ५ गते २:२७ मा प्रकाशित

‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा शनिबार राजधानीको माइतीघरमा जुलुस निकालिएको छ । डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसी समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा केसीको माग पूरा गर्न गाम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता रहेको छ ।
चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा केसीले ११ दिनअघि इलाम पुगेर १६ औं अनसन सुरु गर्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा अनसनकै क्रममा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू