अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

आफ्नै कार्यकर्ताबाट घरमै घेरिए कांग्रेस सभापति देउवा, म्याद थपको विषयमा असन्तुष्ट नेविसंघका नेता–कार्यकर्ताद्धारा धर्ना

बिआरटीनेपाल २०७५ माघ ४ गते ६:२९ मा प्रकाशित

नेपाल विद्यार्थी नेविसंघको म्याद थपको विरोधमा नेविसंघकै नेता—कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गरेका छन् । मोटरसाइकल ¥यालीसहित देउवा निवास बुढानिलकण्ठ पुगेका नेता कार्यकर्ताले नेविसंघको झण्डा बोकेर धर्ना दिएका हुन् । उनिहरुले नेविसंघ जिन्दावाद’को नारा लगाएका थिए । नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको कार्यकाल सकिए पनि तेस्रो पटक पार्टीले म्याद थपेको भन्दै नेविसंघभित्रको असन्तुष्ट समूहले सभापति देउवा निवासमा धर्ना दिएका हुन्।

बुधबार फेरि माघ १० सम्म यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय कांग्रेसले गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह समूहका नेविसंघका असन्तुष्ट समूहले सभापति देउवालाई भेटेका थिए । सभापति महरले महाधिवेशन गर्न नसक्ने बताउँदै उपसभापति, महामन्त्री लगायत ५० भन्दा बढी सदस्यले राजीनामा गरिसकेका छन्। नेविसंघ १६५ सदस्यीय छ।

दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वरपर सुरक्षा तैनाथी बढाइएको छ । विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता—कार्यकर्ताहरु विरोधमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू