अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

वाइडबडी प्रकरणका दोषीलाई सरकारले ढाकछोप गर्न खोज्यो – कांग्रेस नेता पौडेल

बिआरटीनेपाल २०७५ माघ ४ गते ३:५५ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरीद प्रकरणमा संलग्न दोषीको संरक्षणमा लागेको आरोप लगाउनुभएको छ । प्रेस युनियन चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले दोषीलाई ढाकछोप गर्नतर्फ लागेको आरोप लगाउनुभएको हो । पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि वाइडवडी प्रकरणमा जोडीको विषयमा नेता पौडेलले जसको नाम जोडिए पनि निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

’सुनकाण्ड, वाइडबडीकाण्ड जस्ता धेरै काण्डहरू सार्वजनिक भइरहेका छन’ नेता पौडेलले भन्नुभयो , ’गैरकानुनी क्रियाकलापमा संलग्नलाई जोगाउन सरकार आफैँ लागेको छ । यसले मुलुकको सुशासनमाथि व्यंग्य गरिरहेको छ ।’ यस्तै, उहाँले अहिलेसम्म प्रदेशको नामकरण र स्थाइ राजधानी टुंगिन नसक्नु सरकारको अयोग्यताको पराकाष्ट भएको टिप्पणी गर्नुभयो । सरकार धेरै ठाँउमा चुकेकाले सही बाटोमा हिँडाउन कांग्रेसले कम्मर कसेर अघि बढेको पौडेलले दावी गर्नुभयो ।

पार्टी्भित्र जे जस्तो विवाद रहे पनि राष्ट्रको लागि, समृद्धिका लागि प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी गरिरहने उहाँको भनाइ छ। यस्तै अनसनरत चिकित्सक डा गोविन्द केसीको माग सरकारले यथासिग्र संवोधन गर्नुपर्ने नेता पौडेलको भनाई छ । उहाँले नेविसंघको विवाद आगामी १० गते बस्ने बैठकबाट समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू