अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) फेब्रुअरी २१ देखि २५ सम्म आयोजना हुने

बिआरटीनेपाल २०७५ माघ ३ गते ८:१७ मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को आयोजना हुने जानकारी गराइएको छ । गत वर्ष पोखरा आयोजना भएको पहिलो फेस्टिभलको सफलतापछि निफ २०१९ को आयोजना काठमान्डूमा गर्न लागिएको पर्यटन बोर्डको हलमा आयोजित पत्रकार सममेलनमा जानकारी गराइयो । वरिष्ठ फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ फिल्मकर्मी नीर शाह , अभिनेता रमेश उप्रेती , चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल , केन्द्रीय चलचित्र जाँच पास समिति सदस्य सुभाष गजुरेल , अभिनेता निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै फेस्टिभलका संयोजक केपी पाठकले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय लेभलमा पुर्‍याउनको निमित्त पनि कार्यक्रम सार्थक हुनेमा जोड दिनु भयो । ’हाम्रो जुरी कमिटीमा नेपालसँगै विदेशी फिल्मकर्मी पनि हुनुहुन्छ , त्यहाँ हाम्रो फिल्मलाई उहाँले हेर्नु हुन्छ हाम्रो फिल्म कस्तो बनेको छ भन्ने सन्देश पनि जान्छ’ आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिस्थानका अध्यक्ष समेत रहेका केपीले महोत्सव आउँदो फेब्रुअरी २१ देखि २५ सम्म काठमाडौँ हुने बताए । यस पटक विभिन्न ३१ राष्ट्रका ५९ वटा फिल्महरू प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन् । ती मध्ये नेपालका १६ फिल्महरू समावेश छन् । महोत्सवमा समावेश विदेशी फिल्महरू मध्ये ३१ वटा सर्ट फिल्महरू छन् भने ६ वटा फिचर फिल्महरू छन् । यस्तै गरी नेपाली फिल्महरूमा ६ वटा फिचर र १० वटा सर्ट फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा सर्ट फिल्महरू प्नि(महोत्सवमा समावेश गरिएको छ । सोही महोत्सवमा नयाँ फिल्मर्मिहरुकालागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको आयोजना गर्न लागेको कुराको घोषणा गरिएको छ ।

यादव खरेल:  फिल्मकै मार्फत हामीले हाम्रो संस्कृतिलाइअ विश्वभर पुर्‍याउन सक्छौ । म त भन्छु यस किसिमको महोत्सवलाई नेपालको विदेशमा रहेका दूतावासले आयोजना गर्नु पर्दछ र त्यहाँ नेपाली फिल्म देखाउनु पर्दछ । यसले हाम्रो फिल्मलाई टेवा मात्र पुर्याउदैन संस्कृतिलाई समेत विदेश समू लैजान्छ । साथै हाम्रो फिल्म कस्तो बनाइ रहेका छौ भन्ने पनि यसले सहजै अनुमान लगाउने अवसर दिन्छ । यसकिसिमको महोत्सवमा नेपाल सरकारले चनाखो भई सहभागिता जनाउनु पर्छ भन्ने मलाइ लागेको छ ।

नीर शाह: फिल्म महोत्सवले कलालाई निखार्ने काम गर्छ । यसकिसिमको महोत्सवले फिल्मलाई सिक्ने अवसर पनि दिन्छ । हामीले फिल्म अवलोकन गर्न पाउँछौ भने हामीले हाम्रो सिर्जना विश्वका चर्चित फिल्म मेकरलाई पनि देखाउन पाउँछौ । जुरी कमिटीले सेलेक्सनमा परेका फिल्मलाई हेरेर आफ्नो निर्णय दिनेनैछ । हामीले हाम्रो राम्रो भन्दैनौ , यहाँ राम्रो नै राम्रो हुन्छ चाहे त्यो हाम्रो होस् या छिमेकी राष्ट्रको । यस किसिमको फिल्मी महोत्सवले नयाँ फिल्मकर्मीलाई प्रेरणा दिने काम पनि गर्छ ।

केपी पाठक: पोखराको सफलतापछि दोस्रो निफलाई काठमान्डूमा गर्ने निर्णय गरेका हौ । यसमा हामीले सर्ट फिल्मसँगै फिक्सनलाई पनि समेटेका छौ भने यसमा कथा वाचन कार्यक्रम पनि छ । यसमा उत्कृष्ट हुने कथालाई हामी निर्माण गर्न मदत गर्छु र फिचर फिल्मको लागि बाटो खोल्छौ ।

प्रतिक्रिया