अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

सरकार गल्ती ढाकछोपमा लाग्यो –कांग्रेस नेता सिंह

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:५६ मा प्रकाशित

कांग्रेस नेता प्रकाशमान सिंहले वाइडबडी प्रकरणमा सरकार गल्ती ढाकछोपमा लागेको आरोप लगाउनुभएको छ । उहाँले संसदीय उपसमितिको प्रतिवेदनअनुसार काराबाही प्रक्रिया अघि बढाउनुको साटो छानबिन आयोग बनाएर संसद्माथिको अविश्वाससँगै गल्ती ढाकछोप गर्ने षड्यन्त्र भएको बताउनुभयो ।

“संसदको लेखा समितिको उपसमितिले दिएको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही हुनुपर्थ्यो” शुक्रबार नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भन्नुभयो, “तर यहाँ सरकार संसद्लाई अटेरी गर्दै हिँडेको छ, छुट्टै छानबिन आयोग गठन भएको छ ।”

नेता सिंहले दुई तिहाइ बहुमतको सरकारका गतिविधि कुनै पनि क्षेत्रमा सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले एक वर्षसम्म पनि सरकारले प्राथमिकता पहिचान गरेर गति लिन नसकेकाले सबै क्षेत्रमा असन्तुष्टि बढेको बताउनुभयो । “दुई तिहाई बहुमतको सरकारले कुनै पनि क्षेत्रमा सन्तोषजनक नतिजा दिन सकेन” उहाँले भन्नुभयो, “विकास निर्माणदेखि शान्ति सुरक्षा सबै क्षेत्रमा सरकार असफल हुँदैछ ।” सिंहले अहिले जनताको जीउधनको सुरक्षाको ग्यारेण्टी हुन नसकेको पनि बताउनुभयो ।

निर्मला पन्त घटनामा पनि सरकार संवेदनशील हुन नसकेको नेता सिंहले आरोप लगाउनुभयो । । घटना भएको लामो समयसम्म पनि सरकारले अनुसन्धानमा चासो नदिएको उहाको भनाई थियो । “मन नलागी नलागी अनुसन्धान भइरहेको छ, अपराधी सार्वजनिक हुने कुनै छाँट देखिँदैन” सिंहले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू