अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

नेविसङ्घका उपाध्यक्षसहित सातजना पदाधिकारीको राजीनामा

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:५० मा प्रकाशित

नेविसङ्घका सातजना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीनजना सहमहामन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई आज बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी रहेका छन् । महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् । राजीनामा बुझाउन नेविसङ्घ पदाधिकारीहरू देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरू सबै देउवा निकटकै मानिन्छन् ।

७ पदाधिकारीको राजीनामाले नेविसङ्घ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा पर्नुभएको छ । नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समयावधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू