अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

पोखरामा पृथ्वी जयन्ती मनाइयो

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:२९ मा प्रकाशित

विविध कार्यक्रमसहित पोखरामा २९७ औं पृथ्वी जयन्ती मनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै विभिन्न राजनीतिक दललगायत जातिय संगठन र संघसंस्थाहरुले पोखराको चिप्ललेढुंगास्थित मानवअधिकार चोकबाट राष्ट्रिय विभुतिको रथायात्राको र्याली निकालेका हुन् ।

बाजागाजा र भजनचुड्कासहित रथयात्राको र्यालीलाई आकाशबाट हेलिकप्टरद्धारा पुष्पबृष्टि गरिउको थियो । र्याली पोखराको पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा राजनीतिक दलका नेता, सामाजिक र धार्मिक अभियन्ताहरुले पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकताबारे चर्चा, परिचर्चा गरेका थिए ।

आयोजित कार्यक्रममा बोल्दै समाजसेवी तथा सांसद सूर्यबहादुर केसीले पृथ्वीनारायण शाहको योगदान र मर्यादालाई भुल्न नहुने बताउनुभयो । जातिय संप्रदाय र राजनीतिभन्दा माथि उठेर राष्ट्रिय विभुतीको योगदानको कदर सम्मान गर्नुपर्ने केसीको भनाई थियो ।

विश्व हिन्दु महासंघका डा. रामचन्द्र अधिकारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको इतिहासलाई मेटाउन नहुनेमा जोड दिनुभयो । घर घरमा पृथ्वीनारायण शाहको तस्विर र नेपाली झण्डा राख्न उहाँले आग्रह गर्नुभयो । धार्मिक अभियन्ता शंकर पाण्डेले पृथ्वीनारायण शाहसँगै बिषे नगर्चीको नाम नलिए नगर्चीमाथि अन्याय हुने उल्लेख गर्नुभयो । बिषे नगर्चीको प्रेरणाले राष्ट्र एकीकरणमा ठूलो योगदान पु¥याएको पाण्डेको भनाई थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश संयोजक हेमजंग गुरुङले आफ्नो पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामाथि जोड दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा बिश्व हिन्दु महासंघ अन्तराष्ट्रिय युवा समितिका अध्यक्ष सागर थापा, विश्व हिन्दु महासंघ अन्तराष्ट्रियका महासचिव अस्मिता भण्डारी, पूर्व सांसद कृष्णकुमारी परियार र राप्रपा कास्कीका अध्यक्ष डा. महेन्द्र कार्कीलगायतले बोल्नुभएको थियो ।

पृथ्वी जयन्ति संयुक्त मूल समारोह समिति, कास्कीका संयोजक शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा मूल समारोह समितिका सल्लाहकार डा. दिलबहादुर क्षत्रीले स्वागत र पार्वती पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू