अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

बमजन आश्रमबाट ‘महात्मा गुरू’ भनिने इन्द्रबहादुर स्याङ्तान पक्राउ

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:४९ मा प्रकाशित

बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनको एक आश्रमबाट आज एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसारमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरी टोलीले महात्मा गुरू भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले हेटौंडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको जानकारी दिनुभएको छ । स्याङतान बमजनको आश्रममा मारिएका सञ्चलाल वाइवाका साथी हुन्। उनीहरू दुबैको घर मकवानपुरमै हो। २०७१ चैतमा बमजनले उनीहरू दुबैलाई बोक्साको आरोपमा सँगै पिटेको प्रत्यक्षदर्शीले बताएका थिए। बमजन र उनका चेलाहरूले पिट्दापिट्दै सञ्चलालको ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू