अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

विधेयकमा निगरानी गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:३७ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ । कांग्रेसले बुधबारको बैठकमा त्यस्तो व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह समेत गरेको छ ।

कांग्रेस संसदीय दलको मंगलबारको बैठकले प्रधानमन्त्रीले आइतबार संसदमा गर्नु भएको सम्बोधनबारे प्रश्न गर्न पाउनुपर्ने निश्कर्ष निकालेको हो । संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरिएको मुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

संसद सदस्यहरुको अधिकारलाई सुनिश्चित गर्न प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था हुनुपर्ने कांग्रेसको भनाई छ । काँग्रेसले संसदलाई साझा मञ्च बनाइनुपर्ने उल्लेख गरेको छ । बैठकले सरकारले ल्याउने विधेयकमा कडा निगरानी राख्न पार्टीका सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू