अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

बम्जनको आश्रमबाट गाडिएको अवस्थामा नुनका ९ वटा प्याकेट बरामद, शव गलाउन प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:३८ मा प्रकाशित

तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा नुनका ९ वटा प्याकेटका खोल गाडिएको अवस्थामा फेला परेको छ । ९ वटा नुनका प्याकेटका खोल भेटिएपछि हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ ।

प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो । सञ्चलालका परिवारले उनको हत्या भएको हुन सक्ने भन्दै खोजि गरिदिन माग गरी प्रहरीमा उजुरी दिएपछि प्रहरीले शुक्रबारबाट खोजी कार्य शुरु गरेको थियो ।

‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यस बाहेक अरु केही भेटिएको छैन,’अनुसन्धनमा खटिएका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भन्नुभयो,‘शव अन्यत्रै लगेर जलाइएको हुनसक्छ ।’ प्रहरीले सञ्चलालका छोरा महेन्द्रले दिएको जाहेरीका आधारमा विहिवार जिल्ला अदालत सिन्धुपाल्चोकबाट अनुमति लिएको थियो ।

त्यसपछि शुक्रबार नै प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू