अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

लोमान्थाङमा कुकुरको आक्रमणबाट ७ भेंडा मारिए

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:३३ मा प्रकाशित

मुस्ताङ गाउँपालिका वडा नं. ५ लोमान्थाङमा भुसिया कुकुरको आक्रमणबाट ७ वटा भेंडा मरेका छन् । शुक्रबार विहानपख (राति) कुकुरले स्थानीय पासाङ गुरुङको भेंडा राख्ने खोरमा कुकुरले आक्रमण गरेको गाउँपालिका सदस्य समेत रहेको गुरुङले जानकारी दिनुभयो ।

त्यो भन्दा अघिल्लो दिन पनि कुकुरले एक÷एक वटा भेंडा र च्याङ्ग्राको पाठा मारेको गुरुङले बताउनुभयो । यस अघि पनि यस्ता कुकुरहरुले घरपालुवा जन्तुमाथि आक्रमण गरी क्षति पु¥याउँदै आएको उहाँको भनाई छ । एउटा भेंडाको १३÷१४ हजार मूल्य पर्ने हुँदा ७ वटा भेंडा मारिँदा एक लाख हाराहारीको क्षति भएको बताईएको छ ।

राति भेंडा गोठमा राखेको अवस्थामा पर्खाल नाघेर कुकरले भेंडालाई आक्रमण गरेको सिमा प्रहरी चौकी लोमान्थाङका असई नरेन्द्र कुमार पोडेलले जानकारी दिनुभयो । कुकुरहरुले नियमित रुपमै समस्या दिईरहेको हुँदा गाउँपालिका र एक्यापसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने पौडेलको भनाई छ ।

घोंडाको बच्चा, गाईबस्तु माथि विभिन्न समयमा कुकुरहरुले आक्रमण गरी दुःख दिई रहेको उहाँले बताउनुभयो । विशेष कारणवश गाउँपालिका अध्यक्ष सुवर्ण विष्टले आफु जिल्ला बाहिर भएको हुनाले आफु फर्केपछि मात्र राहत वा क्षतिपूर्ति तथा समाधानका उपायहरुका बारेमा छलफल गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया