अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

बम्जनको आश्रममा सिआइबीको छापा

बिआरटीनेपाल २०७५ पुष २० गते ८:३२ मा प्रकाशित

आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ । काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो ।

बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट ४ जना वेपत्ता भएका र एक जनाको हत्या समेत भएको खवर सार्वजनिक भएपछि सिआएबीले अनुसन्धान थालेको र सोहि क्रममा सिन्धुपाल्चोकमा रहेको आश्रममा प्रहरीले छापा मारेको हो ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बाडेगाउँमा रहेको आश्रममा छापा मारेको पुष्टि गर्दै केहि विषयहरुमा अनुसन्धान गनुपर्ने भएकाले सिआइबीको टोली सिन्धुपाल्चोक आएको बताउनुभयो । प्रमुख मरासिनीले भने टोली कुन विषयका लागि अनुसन्धानको क्रममा गएको हो त्यो खुलाउनुभएन । आश्रम अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । अनुसन्धान पुरा नभएसम्म प्रहरीले आश्रमलाई आफ्नो नियन्त्रणमा राख्ने मरासिनीले जानकारी दिनुभयो ।

आश्रममा बम्जनका केहि अनुयायी मात्रै रहेका छन् । पछिल्लो समय बम्जन भने सिन्धुली स्थित आश्रममा बस्दै आएको बताइन्छ । बाडेगाउँको आश्रममा बम्जन झण्डै १० महिना बसेका थिए । आफन्त हराएका पीडित परिवारले सिन्धुली र मकवानपुर जिल्लामा उजुरी दिएपछि बम्जन माथिको छानबीनमा सिआइबीले अग्रसरता देखाएको हो । सिन्धुपाल्चोकका डिएसपी विमलराज कडेंल नेतृत्वको प्रहरी टोलीले सिआइबीलाई अनुसन्धानमा सघाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू