अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

धादिङबाट २३५ किलो चरेशसहित कारोबारी पक्राउ

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:२३ मा प्रकाशित

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले धादिङबाट ठूलो परिमाणमा चरेश बरामद गरेको छ । ब्युरोको टोलीले बिहीबार बिहान धादिङ गजुरी गाउँपालिका वडा नं. १ स्थित गजुरीबाट २३५ किलो चरेश बरामद गरेको हो । एचआर ३८ एस ९३७१ नम्बरको भारतीय ट्रकबाट मुग्लिन, पर्सा हुँदै भारत लैजान लागिएको चरेश बरामद गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । धादिङकै उत्तरी क्षेत्रमा उत्पादन गरी चरेश लुकाइछिपाइ भारत लैजान लागिएको आशंकामा ब्युरोको टोलीले ट्रकको तलासी लिएको थियो ।

तलासीका क्रममा चरेशसहित चालक भारत उत्तर प्रदेशका सतेन्द्रसिंह बेघल र कारोबारी पर्सा परेर्वा सुगौली गाउँपालिका १ का मोहम्मद गद्धी पक्राउ परेको पोखरेलले बताउनुभयो । पक्राउ परेका गद्धी लागुऔषध संकलन, उत्पादन र ओसारपसारमा कहलिएका व्यक्ति रहेको बताईएको छ । पक्राउ परेको चरेशको बजार मूल्य अन्दाजी ५० लाख रुपैयाँ रहेको छ । पक्राउ परेको ट्रक र व्यक्तिलाई आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू