अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

वाईडबडी खरिदमा भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे – महाप्रबन्धक कंसाकार

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:४४ मा प्रकाशित

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गर्नुभएको छ । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंशकारले जहाज खरिद प्राविधिक विषय रहेको उल्लेख कुरै नबुझी यस विषयमा नेताहरुले टिप्पणी गर्न नहुने बताउनुभयो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । कसरी बोल्नुभयो ?’–कंसाकारको भनाई थियो ।

वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो– ,‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’

कंसाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि स्पष्ट पानुृभयो । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दावी गर्दै उहाँले बिरोध गर्नेहरुले कुरै नबुझेको बताउनुभयो । कंसाकारले प्राबिधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव समेत दिनुभएको छ ।

सर्बोच्च अदालतको आदेशभित्र रहेर बिमान खरिद गरिएको दावी गर्दै कंसाकारले संसदको लेखा समितीले पनि ‘क्लिन–चिट’ दिने विश्वास व्यक्त गर्नुभयो । पत्रकारहरुको जिज्ञासामा कंशाकारले घुमाउरो पारामा बिरोध गर्नेहरुको वास्तविकता आफुलाई थाहा भएको भन्दै समय आएपछि भित्रि कुरा बाहिरीने संकेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू