अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

 डा. केसीको सरकारलाई  ‘अल्टिमेटम’

बिआरटीनेपाल २०७५ पुष ११ गते ७:२८ मा प्रकाशित

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताबमोजिम नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभए कुनैपनि बेला आमरण अनशन सुरु गर्ने चेतावनी दिनुभएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले विधेयक पारित गर्न यही पुस १७ गतेसम्मको ‘अल्टिमेटम’ पनि दिनुभएको छ ।

सम्झौता तोडमोड गरेर माफिया पोस्ने काममा सत्तारुढ तथा विपक्षी पार्टीका सांसदहरु लागेको आरोप पनि केसीले लगाउनुभएको छ । सीटीइभीटीबाट अनुमति लिएर सन्चालित स्वास्थ्य संस्थाहरुलाई चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउने, रेजिडेन्ट डाक्टरहरुलाई हतोत्साही गर्ने, माफियाका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेलगायतका अनुचित लाभ लिनेतर्फ शिक्षामन्त्री गिरिराजमणि पोखरेल लागेको आरोप पनि डा. केसीले लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू