अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

निर्मला पन्तको हत्यारा जतिसुकै शक्तिशाली भएपनि समातिन्छ – प्रहरी महानिरिक्षक खनाल खनाल

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:३५ मा प्रकाशित

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी संगठनले इमान्दार भएर प्रयन्त जारी राखेको बताउनुभएको छ । प्रहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर अनुसन्धान जारी राखेको भन्दै उहाँले दोषीलाई कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रहरीको अनुसन्धानप्रति विस्वस्त हुन आग्रह गर्दै महानिरिक्षक खनालले पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भएपनि कारबाहीको दायरमा ल्याइछाड्ने बताउनुभएको हो । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्मला पन्तको बलात्कार र हत्याका सम्बन्धमा प्रहरीले इमान्दारीताका साथ अनुसन्धान गरिरहेको उल्लेख गर्दै उहाँले गलत जसले गरेको छ उ जतिसुकै शक्तिशाली भएपनि समातिने भएकोले प्रहरी माथि शंका नगर्न आग्रह गर्नुभयो ।

साउन १० गते पन्तको बलात्कार पछि हत्या भएको थियो । उनको हत्यापछि अभियुक्तलाई पक्राउ गर्न चौतर्फी दवाव परेपनि प्रहरी सफल हुन सकेको छैन । बरु पछिल्लो समय प्रहरीकै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठिरहेको बेला आईजीपी खनालले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू