अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

नेपालको विकासमा जापान भरपर्दो साझेदारः प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:२९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासमा जापान भरपर्दो साझेदार भएको बताउनु भएको छ । काठमाडौंमा सोमबार आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललाई जापानले विनासर्त निःस्वार्थ भावले आर्थिक सहायता गर्दै आएको स्मरण गर्नुभयो । उहाँले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने उल्लेख गर्नु भयो । उहाँले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले विशिष्ट ढंगको रहेको बताउनुभयो । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू