अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

मुलुकलाई सम्वृद्ध बनाउन दुई महिने अभियान संचालन गरिनेः प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:३५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्ध बनाउन दुई महिने अभियान सञ्चालन गरिने बताउनुभएको छ । उहाँले नेकपाको स्थायी समिति बैठकमा निर्णय गरेर पार्टी र सरकार अभियानसहित जनता माझमा जाने जानकारी गराउनु भएको हो ।

भरतपुरस्थित शहीद स्मृति माविको स्वर्ण महोत्सबको अवसरमा आयोजित बृहत धन–धान्याचल ज्ञान महायज्ञ उद्घाटन गर्दै दाहालले समृद्धिको यात्रामा सबैलाई सहभागी गराएर लैजाने बताउनुभयो । लामो संघर्षबाट दुई तिहाईको सरकार गठन भएको उल्लेख गर्दै उहाँले सबै राजनीतिक दललाई अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

एक फरक प्रसंगमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक सकारात्मक रुपमा अघि बढिरहेको बताउनुभयो । बाहिर सञ्चारमाध्यममा तितामिठा कुरा आए पनि बैठक असाध्यै सौहार्द्रपूर्ण ढङ्गबाट अघि बढेको अध्यक्ष प्रचण्डको दावी थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने नीति सरकारले लिएको बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा बेरोजगारीभन्दा रोजगारी सिर्जना गर्ने भएमात्र देश समृद्धितर्फ जाने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू