अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

निर्मलाको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएरै छाडिन्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर २४ गते ८:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएरै छाड्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘सरकारको कुनै संस्थाको एक कर्मचारीले गल्ती गर्दैमा संगठितरुपमा सरकारको विरोध गर्नु राम्रो नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सन्जालको दुरुपयोग न्यूनीकरण गर्न कदम चालिएको भन्दै प्रेस स्वतन्त्रता र नागरिक अधिकार नखुम्चिएको दाबी पनि गर्नुभएको छ । त्यसअघि, नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक भ्यालरी जुलिएन्डले नेपालमा प्रेस स्वतन्त्रता खुम्चिनुका साथै राष्ट्रिय मानवअधिकार आयोगका ७५० ओटा सिफारिस कार्यान्वयनको पर्खाइमा रहेको बताउनुभएको थियो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू